निरन्तरको वर्षाले नैकापमा भएको क्षति हेर्नुहोस् (भिडियो सहित)
थानकोट ।
निरन्तरको वर्षाले बस्ती डुबान तथा नदीको जलस्तर माथि चढ्ने क्रम जारी छ ।
प्राप्त विवरण अनुसार निरन्तरको वर्षाका कारण चन्द्रागिरि नगरपालिका र काठमाडाैं महानगरको सीमा नैकापमा सडक भासिएको छ ।
चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापका वडाध्यक्ष राजभाइ महर्जनका अनुसार न्यू डायमण्ड स्कुल अगाडि मुख्य सडक भासिएको हो । ढलमा पानीको बहाव बढ्दा मंगाल भासिएपछि पक्की सडकमा ठूलो खाडल परेको छ ।
अहिले सो क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइ सम्भावित क्षति न्यूनीकरणको प्रयास भइरहेको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।
सडकमा खाडल पर्दा विद्युतको खम्बा समेत जोखिममा परेको छ ।
तस्बिर तथा भिडियोः चन्द्रागिरि वडा नं. १४ का वडाध्यक्ष राजभाइ महर्जनबाट प्राप्त ।