वडाध्यक्ष घनश्याम लुइँटेलको सुझबुझले खोलामा बग्दै गरेका बालकको उद्दार भएको भन्दै फेसबुकमा प्रशंसा

Thankot Times

थानकोट ।

पाैडी खेल्न चन्द्रागिरि र कीर्तिपुर नगरको सीमा रहेको बल्खु खोला पुगेका बालकहरूको उद्दार गरिएको छ ।

शनिबार दिउँसो स्थानीय घपचा बल्खु खोलामा पाैडी खेल्ने क्रममा नदीले बगाएका १ तथा नदीको बीचमा फसेका २ जना बालकको उद्दार गरिएको कीर्तिपुर प्रहरीले जनाएको छ।

बल्खु खोलामा पाैडी खेल्न जाँदा अड्किएका दुई जना बालकको उद्धार

बल्खु खोलाको बाढीमा बालकहरू फसिरहेको सूचनापछि उद्दारमा खटिएको प्रहरी वृत्त कीर्तिपुरको प्रहरी टोली, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयहरूको प्रयासमा ती बालकहरूको उद्दार सम्भव भएको बताइएको छ ।

सो क्रममा चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित नदी किनारमा राखिएको सिंढी उद्दारका लागि उपयोगी भएको भन्दै स्थानीयहरूले चन्द्रागिरि नगरपालिका वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेललाई सामाजिक सञ्जालमा धन्यवाद् दिएका छन्। सो सिढीं नभएको भए बालकहरूको उद्दार सहज नहुने भन्दै स्थानीयहरूले नदी किनारमा थप सिंढी बनाउनका लागि समेत माग गरेका छन् ।

यसैबीच चन्द्रागिरि नगरपालिका १५ तीनथानाका वडाध्यक्ष घनश्याम लुइँटेलले बल्खु खोला करिडोरमा नदीसम्म पहुँच बनाउनका लागि थप ८ वटा फलामे सिंढी राख्ने तयारी भइरहेको बताउनुभएको छ । 

वडाध्यक्ष लुइँटेलले दिनुभएको जानकारी अनुसार अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट बल्खु खोला करिडोरमा गत फाल्गुन महिनामा उद्दार एवं नदी किनारसम्म पुग्ने प्रयोजनका लागि २ वटा फलामका सिंढी राखिएको र सो क्षेत्रको करिब १ किलोमिटर क्षेत्रमा ८ वटा सिंढी राख्ने सन्दर्भमा सो समितिले आवश्यक गृहकार्य गरिरहेको छ । 

 बल्खु खोला करिडोर निर्माण सम्पन्न भइसक्दा नदी र सडक बीच करिब ३ मिटरको उचाइ फरक हुने भएकोले ती स्थानमा नदीसम्म पुग्नका लागि सिंढी अपरिहार्य हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *