चिकित्सा शिक्षा आयोग उपाध्यक्षका लागि दरखास्त आह्वान

Thankot Times

थानकोट ।

चिकित्सा शिक्षा आयोग उपाध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।

चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाहरूले दरखास्त दिन सक्नेछन्।

आयोग उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले शुक्रबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो।

उम्मेदवार छनौटसम्बन्धी कार्यविधिअनुसार दरखास्त परेकामध्ये ३ जनाको नाम सिफारिस समितिले नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ।

१५ दिनभित्र दरखास्त सिफारिस समिति कार्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गर्न पनि समितिले आग्रह गरेको छ।

आयोगमा नेतृत्वदायी भूमिका बहन गर्नेसम्बन्धी ४ वर्षे व्यावसायिक कार्ययोजनासहित सोचपत्र पनि दरखास्तसाथ संलग्न राखे पेश गर्नुपर्ने समितिको भनाइ छ।

यससम्बन्धी सूचना शिक्षा मन्त्रालयको वेबसाइटमा पनि राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *