कीर्तिपुर नगरले लम्पी स्किनविरूद्ध निःशुल्क खोप अभियान सुरू गर्दै
थानकोट ।
लम्पी स्किन रोगका कारण मुलुकभरका किसानहरू आहात भइरहेका छन् ।
सो रोगका कारण देशभर लाखाैं गाइ भैंसी मर्दा किसानहरू मर्कामा परेका छन् ।
यसैबीच कीर्तिपुर नगरपालिकाले नगरका सबै वडाहरूमा व्यवसायिक तथा निर्वाहमुखी गाईपालन गरिरहेका कृषकहरूलाई लम्पी स्किनविरूद्ध घरदैलोमा पुगी खोप लगाउने भएको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले सम्बन्धित किसानहरूले लम्पी स्किन विरूद्धको खोप लगाउनका लागि वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।