डेंगु नियन्त्रणका लागि मत्स्यनारायणमा ट्रिपर तथा ट्रक व्यवसायी समितिले गर्यो ‘एयर स्प्रे’ (फोटो फिचर)

थानकोट ।
नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
स्वास्थ्य सेवा विभाग इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित भएको जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा नि:शुल्क हुने गरेको बताए। डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. बिमल शर्मा चालिसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए। उनले डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए।
मत्स्यनारायणमा लार्भा नष्ट अभियान
यसैबीच नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति कलंकीले चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्रमा ‘लार्भा खोज र नष्ट गर’ अभियान अन्तर्गत एअर स्प्रे गरेको छ ।
मंगलबार साँझ मत्स्यनारायण मन्दिर क्षेत्रमा एअर स्प्रे गरेको नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका राजन श्रेष्ठले जानकारी दिनुभयो ।
तस्बिरहरूः धर्मेन्द्र महर्जन