चन्द्रागिरि साकोसले प्रदान गर्ने उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान, ३० जनाले छात्रवृत्ति पाउने

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिका ०७ थानकोट चेकपोष्टमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्षपनि उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ।

सहकारीले सोमबार एक सूचना जारी गर्दै १० जोड २ तह अध्ययन गर्न चाहने थप ३० जना विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने जानकारी गराउँदै इच्छुकबाट आवेदन आह्वान गरेको हो ।
सो छात्रवृत्ति कार्यक्रममा चन्द्रागिरि साकोसका कार्य क्षेत्र (धादिङ जिल्लाको धुनिवेशीं नगरक्षेत्र, काठमाडाैं र ललितपुर जिल्ला) भित्र रहेका सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरू सहभागी हुन पाउने बताइएको छ ।

आवेदकहरू मध्ये ३० जनाले प्रतिवर्ष अधिकतम १० हजार रूपैयाँ छात्रवृत्ति पाउने संस्थाले जनाएको छ ।

इच्छुक व्यक्तिले १५ दिनभित्र संस्थाले तोकेको प्रकृया पूरा गरी आवेदन पेश गर्न सक्ने बताइएको छ ।

संस्थाले गत शैक्षिक सत्रमा चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोषबाट २३ जना विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकाे थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *