जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि भेटियोः मेयर बालेन शाह
थानकोट ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि देखिएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा केही फोटोसहित स्टाटस लेख्दै मेयर शाहले सो कुरा बताएका हुन् ।
महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले आज गरेको अनुगमनका क्रममा जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि पाइएको मेयर शाहको भनाइ छ ।
‘गुणस्तर परीक्षणपछि यसको स्तरका विषयमा भन्न प्रयोगसिद्ध आधार हुने भएकोले परीक्षणका लागि प्रयोगशालामा पठाएका छौँ । यसबाट प्राप्त नतिजाका आधारमा जारको पानी व्यवसायप्रतिको दृष्टिकोण निर्माण हुनेछ’ शाहले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले जारमा भरेर वितरण गर्ने पानीको गुणस्तरमा ध्यान नदिएको गुनासो पनि अनुगमन गरिएको महानगरपालिकाले जनाएको छ ।