चन्द्रागिरि नगरमा खुल्यो तेस्रो स्थानीय उत्पादन बिक्री केन्द्र

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरणका लागि बिक्री केन्द्र स्थापना गर्ने क्रमलाई जारी राखेको छ ।
यसअघि नगरको वडा नं. २ नागढुंगा र वडा नंं ३ थानकोटमा स्थानीय उत्पादन बिक्री केन्द्र सुरू गरेको नगरले शनिबारबाट चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापमा पनि बिक्री केन्द्र सुरू गरेको हो ।

नगरपालिकाले उपलब्ध गराएको सीप विकास तालिममा सहभागी भएका नगरबासीहरूले उत्पादन गरेका सामाग्रीहरू सो बिक्री केन्द्रमा राखिने बताइएको छ ।
ती केन्द्रमा स्थानीय उत्पादनलाई बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गरेको हो ।

शनिबारबाट सञ्चालनमा आएको स्थानीय बिक्री केन्द्रको व्यवस्थापन भने त्रिनभ टिम बहुउद्देश्यीय सहकारीले गर्नेछ । नयाँ नैकापस्थित स्थानीय उत्पदान बिक्री केन्द्रको सुरूवात गर्ने क्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका विभिन्न वडाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू लगायत स्थानीयहरूको समेत उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *