जारको पानीमा किरा भेटिएपछि मातातीर्थमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको टोली
थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडाैंका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थस्थित एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ ।
साउन १६ गते मंगलबार पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरु तथा नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय माता विष्णुदेवी फुड् एण्ड वेभरेज प्रा.लि.को उत्पदान केन्द्रमा स्थलगत अनुगमन गरी उक्त पानी उत्पादन केन्द्रमा बिक्रि बितरण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।