बलम्बु माविको अत्याधुनिक प्रविधिमैत्री भवन निर्माणका लागि कोरियामा समझदारी पत्रमा हस्ताक्षर

Thankot Times

थानकोट ।
दक्षिण कोरियाको परोपकारी संस्था वर्ल्ड ड्रिमको सहयोगमा चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित बलम्बु माविमा बन्न लागेको अत्याधुनिक प्रविधिमैत्री भवन बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
वर्ल्ड ड्रिम र सो को नेपाल कार्यालय सोड नेपालबीच दक्षिण कोरियामा मंगलबार सो समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

सो समझदारी पत्रमा हस्ताक्षर भएसँगै बलम्बु मावि रहेको पुरानो भवनमा अत्याधुनिक प्रविधिमैत्री भवन सहितकाे प्राविधिक शिक्षालय (राेजगारमुलक शिक्षा) निर्माण कार्यले गति लिने भएको छ ।
काेरियाली संस्था वर्ल्ड ड्रिम, सोड नेपाल र चन्द्रागिरि नगरपालिकाकाे संयुत्त सहकार्यमा पढ्दै कमाउदैका लागि प्राविधिक शिक्षालय हुन लागेको हो
सो समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा वर्ल्ड ड्रिमका अध्यक्ष सिन वन गेन र सचिव गिम च्छोलह्वान तथा सोड नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठ र उपाध्यक्ष अर्जुन पाैडेलकाे उपस्थिति रहेको बताइएको छ।

सो कार्यका लागि नगरपालिकाले ३०% र कोरियन संस्थाले ७०% आर्थिक व्ययभार लिने गरि उक्त निर्माण कार्य संचालन हुनेछ।

कोरिया सरकारसँग चन्द्रागिरि नगरपालिकाले कायम गर्दै आएको भगिनी सम्बन्धले पनि यस कार्यमा साथ सहयोग जुटेको नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

भवन निर्माण सम्पन्न भएपश्चात बलम्बु माविमा ४ वटा प्राविधिक क्षेत्र (मोबाइल मर्मत, इलेक्ट्रिसियन, ब्युटी पार्लर र अटोमोबाइल) का विषय अध्यापन गराइनेछ ।

चन्द्रागिरि नगरपालिकाले बलम्बु माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षालय बनाउने

चन्द्रागिरिमा प्राविधिक शिक्षालय सञ्चालनार्थ कोरियन समाजसेवीहरू इच्छुक


Leave a Reply

Your email address will not be published. Required fields are marked *