चन्द्रागिरि न्यायिक समितिमा १ वर्षमा ६० वटा उजुरी फर्छ्याैट, अधिकांश उजुरी घर तथा जग्गा खिचोलाका

Thankot Times

थानकोट । 

उपमेयर नेतृत्वको चन्द्रागिरि न्यायिक समितिबाट गत आर्थिक वर्षमा ६० वटा उजुरी फर्छ्याैट भएको छ । 

चन्द्रागिरि नगरको वेभसाइटमा बुधबार राखिएको गत आ.व.को कार्य प्रगति विवरण अनुसार उजुरी परेका ६७ मध्ये ६० उजुरी फर्छ्याैट भएको हो ।

सो विवरण अनुसार नगरमा ६७ वटा उजुरी नालेश दर्ता भएकोमा ६६ वटा उजुरीमाथि प्रतिवाद दर्ता भएको बताइएको छ।

नगरको न्यायिक समितिमा दर्ता भएका ६७ मध्ये ३६ वटा निवेदन घर तथा जग्गा खिचोला भएको नगरको न्यायिक समितिले जनाएको छ ।

यसैगरी १३ वटा उजुरी लेनदेन विषयका छन् भने पाँच वटा उजुरी ढल तथा प्रदुषण विवादका रहेका छन् ।

यसैगरी ५ वटा विवाद घर बहालका तथा ६ वटा बाटो विवाद रहेको चन्द्रागिरि नगरपालिकाको कानून शाखाले जानाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *