चन्द्रागिरि १० बोसिगाउँमा जेष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१० बोसिगाउँमा जेष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जेष्ठ नागरिक चौतारी बोसिगाउँ र बोसिगाउँ जेष्ठ नागरिक दिवा सेवा केन्द्रले सो शिविर आयोजना गरेको हो ।

सो स्वास्थ्य शिविरमा २ सय २९ जनाले स्वास्थ्य सेवा लिएको आयोजकले जानकारी दिएका छन् ।

काठमाडौं मेडिकल कलेज सिनामंगलले शिविरमा प्राविधिक सहयोग उपलब्ध गराएको वडाध्यक्ष शिवकुमार महर्जनले जानकारी दिनुभयो ।  शिविरमा निरोग फार्मेसी र एरो फार्मास्युटिकल्स प्रा.लि. ले निःशुल्क औषधी वितरण गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *