मत्स्यनारायण दर्शन गर्न आउँदा सार्वजनिक यातायातले बढी भाडा लिएमा १०० मा फोन गर्नुहोस् !

Thankot Times

थानकोट । 

तीन वर्षमा एक पटक महिना दिनसम्म मनाइने मत्स्यनारायण मेला भर्न चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा  आउने श्रद्धालुहरूको संख्या दिनहुँ बढिरहेको छ । 

मेलाको साताैं दिन सोमबारपनि बिहानैदेखी मत्स्यनारायण मन्दिर क्षेत्रमा श्रद्धालुहरूको भीड देखिन्थ्यो । 

यसैबीच मत्स्यनारायण मेला भर्न आउने श्रद्धालुहरूसँग सार्वजनिक यातायात सेवा प्रदायकहरूले बढी भाडा लिएको गुनासो आएपछि मेला व्यवस्थापन समितिले स्थलगत अनुगमन सुरू गरेको छ । 

मत्स्यनारायण क्षेत्रमा चलनचल्तीमा २ वटा रूटमा सार्वजनिक यातायात सञ्चालनमा छन् । जसमा बाघभैरव कीर्तिपुर यातायात सेवा प्रालिले रत्नपार्क-कीर्तिपुर-भत्केपाटी हुँदै मत्स्यनारायण मन्दिर नजिकसम्म यातायात सञ्चालन गर्दछ भने मत्स्य राजधानी यातायात सेवाले मच्छेगाउँ-सतुगंल-रत्नपार्क रूटमा यातायात सञ्चालन गर्दै आएको छ । 

यात्रुसँग बढी भाडा लिएको गुनासो प्राप्त भएपछि अनुगमनमा निस्किएको मेला व्यवस्थापन समितिका सदस्यहरूले सोमबार यात्रुबसका चालक तथा सहचालकहरूलाई भाडा दरका विषयमा सचेत गराएका छन् ।

मेला भर्न आउने श्रद्धालुहरूसँग कुनै सार्वजनिक यातायात सेवा प्रदायकले तोकिएको दररेटभन्दा बढी भाडा लिएको अवस्थामा तुरून्त नजिकको मेला व्यवस्थापन समितिको सचिवालयमा वा प्रहरी इकाई वा १०० नम्बरमा फोन गर्न चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँका वडाध्यक्ष एवं पुरूषोत्तममास मेला व्यवस्थापन समिति संयोजक अच्यूत अधिकारीले सबैमा अनुरोध गर्नुभएको छ । 

तीन वर्षअघि कोरोना भाइरस महामारीका कारण यहाँ मेला लागेको थिएन् । यसपटक करिब २० लाख भक्तजनले मत्स्यनारायण मेला भर्ने अपेक्षा गरिएको पुरूषोत्तममास मेला व्यवस्थापन समितिले जनाएको छ। 

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मत्स्यनारायणमा स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ। 

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक ग्रन्थ उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा मन्दिरमा पूजा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ । मलमास अवधिमा अन्य मन्दिरहरूमा पूजापाठ नचल्ने बताइन्छ । 

सुरू भयो महिना दिन लामो मत्स्यनारायण मेला, मालपुवा दान गरेमा भगवान नारायण खुसी हुने विश्वास


One thought on “मत्स्यनारायण दर्शन गर्न आउँदा सार्वजनिक यातायातले बढी भाडा लिएमा १०० मा फोन गर्नुहोस् !

  1. Yo vadanai badhi rakheko xa yo gunaso kaslae vanne /jun ratnapark to machhchegau ko rut nai fack xa k ko vada tesai badhi xa yo vada dar kasari rut milayara rakheko xa yasma Kasko Dyan Jane rut Matathirtha Gurju Dhara dekhaya rut lamo banae vada badhi Saulni yasto prbidhi pahile dekhi nai ho ahile pani testai xa din dahadi lamo duri dekhaune ani vada badhi asulne gareko tyo vadadar list ma majjale dekhi rakheko xa tai pani yo natak k ko lagi ho yadi yasto khabar news ma rakhnu vanda pahila ramro sanga bujhera matra rakhda best hola ra 100 ma call garera gunaso aayako khabar traffic sir harule pani gadi ma taseko list ramro sanga rutko Adhyan garera karbahiko lagi agadi badhnu vayama ma jasto dherai sarbajanik Gandhi chadne sarbahara nimukha le Pakkai Rahat Paune thiyo ra Ktm ko sabai sarbajanik Yatayat testai xa vada dar 19 /18 rakhni ani 20 rupaiya majjale lini ani Baki paisa magda 1/2 rupai xaina kata bata lyaune vanxa yasto kurama pani dhyan Jawas

Leave a Reply

Your email address will not be published. Required fields are marked *