चन्द्रागिरिमा ‘लम्पी स्किन’ रोगबाट ११ वटा चाैपाया मरे, रोग नियन्त्रणको प्रयास जारी
थानकोट ।
चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि चन्द्रागिरिमा प्रयास जारी छ ।
हालसम्म चन्द्रागिरिमा लम्पी स्किनबाट कम्तीमा ११ वटा चाैपाया मरेको नगरको पशु सेवा शाखाले जनाएको छ।
लम्पी स्किनको संक्रमण रोकथामका सम्बन्धित किसानहरूका लागि नगरको पशु सेवा शाखाबाट आवश्यक पर्ने खोप उपलब्ध गराइएको र सो खोप लगाउन शाखाले सहजीकरण गरिरहेको नगरको पशु सेवा शाखा प्रमुख बद्रीनाथ पाैडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चन्द्रागिरि नगर क्षेत्रमा सो रोग नियन्त्रण उन्मुख छ ।
लम्पी स्किन रोगबाट चाैपाया बचाउनका लागि किसानहरूले नगरको पशु सेवा शाखाबाट आवश्यक औषधी लैजाने क्रम पनि जारी छ ।
लम्पी स्किन गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।
सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।
गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।
सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्।
यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्।