बागमतीका अस्पतालहरुमा १० प्रतिशत शैय्या निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

Thankot Times

थानकोट ।

बागमती प्रदेशका अस्पतालहरुमा १० प्रतिशत शैय्या निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको अध्यक्षतामा बसेको बैठकले अस्पतालहरुका शैय्या मध्ये १० प्रतिशत शैय्या निःशुल्क रुपमा उपलब्ध गराउनका लागि निर्णय गरे लगतै कार्यान्वयनका लागि निर्देशन दिइएको छ ।

‘संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो निर्णय गरेर कार्यान्वयनमा ल्याएपछी बागमती प्रदेश सरकारले पनि कानूनमा भएको विषयलाई कार्यान्वयनमा ल्याउनका लागि थप निर्देशन दिएको हो ।

अस्पतालमा विपन्न, असहाय, बेबारिसे विरामीका लागि निःशुल्क रुपमा शैय्या उपलब्ध गराउनका लागि निर्देशन दिइएको हो । त्यसैगरी अस्पताल परिसरमा केही अस्पतालले सवारी पार्किङ शुल्क लिएको गुनासोपछी मन्त्रालयले निःशुल्क पार्किङको व्यवस्था मिलाउनका लागि पनि सम्बन्धित अस्पतालहरूमा निर्देशन दिएको छ ।

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *