नागढुंगा सुरुङ मार्ग पीडितलाई १ घर १ धारासहित ४५ दिनभित्र क्षतिपूर्ति, माग पूरा नभए कडा आन्दोलन

Thankot Times

थानकोट ।

नागढुंगा सुरुङमार्ग परियोजनाका कारण पीडित भएका सुरुङ मार्ग वरपरका स्थानीयले ४५ दिन भित्र उचित क्षतिपूर्ति पाउने भएका छन् । शुक्रबारबाट नागढुंगा सुरुङ मार्ग परियोजनाको काम रोक्ने स्थानीयको चेतावनीपछि बिहीबार बसेको सर्वपक्षीय बैठकले पीडितलाई ४५ दिनभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको बताइएको छ । 

चन्द्रागिरि नगरपालिका र धुनिवेशी नगरपालिकामा करिब २० अर्ब लगानीमा नागढुंगा सुरूङ मार्ग निर्माण भइरहँदा चन्द्रागिरि नगरतर्फको सुरुङ मार्ग निर्माणस्थल वरपर पानीका सतही स्रोतहरू सुकेका छन् भने स्थानीयका घर लगायतका भाैतिक संरचनामा क्षति पुगेको छ ।

बैठकले क्षति पुगेका घरहरुको क्षति एकिन गरी ४५ दिनसम्ममा राहत उपलब्ध गराउने, पानी र बाटोको सम्बन्धमा पीडितहरुलाई एक घर एक धारा उपलब्ध गराउने तथा डिपीआरको मापदण्ड सम्बन्धमा सुरुङमार्ग सुरु गर्दा कुन, कति, कसरी डिपीआर गरेको हो सो बारेमा सुरुङ मार्ग परियोजनाले स्थानीय बासिन्दाहरुलाई जानकारी गराउने सहमति भएको बताइएको छ ।

यद्यपी सुरुङ मार्गबाट पिडित स्थानीय बासिन्दाहरुले ४५ दिन भित्र माग पुरा नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नागढुंगा सुरुङमार्ग निर्माण भइरहँदा स्थानीयका घरमा चिरा-चिरा, क्षतिको अध्ययन गर्दै भवन विभाग

नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा, इकुभेसन सुरूङ खन्न अब ४४ मिटर बाँकी

नागढुंगा सुरूङ्ग मार्ग खन्दा सतहको पानी सुक्यो, सुरूङ्गबाट निस्कियो प्रतिसेकेन्ड ५० लिटर पानी !

तस्बिरः सामाजिक सञ्जालबाट

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *