नेपाली नर्सलाई बेलायत पठाउन सफ्टवेयर लन्च, आजदेखि आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा पठाउन आवश्यक पर्ने सफ्टवेयर लन्च भएको छ ।

अनलाइन मार्फत आवेदन दिनका लागि आवश्यक पर्ने सफ्टवेयर हिजो बिहीबार सार्वजनिक गरिएको हो । 

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले आवेदन शुक्रबारदेखि दिन सकिने बताए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई बेलायत पठाउन लागेको छ । त्यसका लागि शुक्रबारको गोरखापत्रमा सूचना जारी गरिने महानिर्देशक दाहालले बताए । 

अनलाइनमार्फत आवेदन आह्वान गर्दै विभागले सबै मनिटरिङ गर्नेछ ।

त्यसका लागि शुक्रबारदेखि अक्टोबर १९ तारिखसम्ममा आवेदन दिनुपर्नेछ ।

इच्छुक नर्सहरूले तीन महिनाभित्रमा https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन पाउने महानिर्देशक दाहालले बताए ।  

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता गरी नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो ।

g


Leave a Reply

Your email address will not be published. Required fields are marked *