नागढुंगा सुरुङमार्ग निर्माण भइरहँदा स्थानीयका घरमा चिरा-चिरा, क्षतिको अध्ययन गर्दै भवन विभाग

Thankot Times

थानकोट ।

मुलुकको संघीय राजधानीसँग मोफसलको सडक सम्पर्क स्थापित गर्ने प्रमुख नाका नागढुङ्गामा सुरुङमार्ग निर्माण भइरहँदा स्थानीयहरु भने मर्कामा परेका छन् ।
करिब २० अर्ब खर्चेर सुरुङमार्ग निर्माण भइरहँदा सो आयोजना निर्माणस्थल वरपरका घर तथा भाैतिक संरचनाहरूमा समस्या देखिएको हो ।
आयोजनाको पूर्वतर्फ करिब ६० वटा घरमा दरार देखिएको छ ।
बस्ती नै जोखिममा परेपछि स्थानीयले पटकपटक समस्या जानकारी गराउँदा चासो नदिएको स्थानीयको गुनासो गरेका छन् । यद्यपी स्थानीयको समस्या समाधानका लागि भवन विभागले आवश्यक अध्ययन सुरु गरेको  बताएको छ ।

विभागले दिने प्रतिवेदनका आधारमा नागढुंगा सुरूङ मार्ग निर्माण आयोजनाबाट क्षतिपूर्तिको रकम निश्चित गरी समााधान गरिने बताइएको छ ।
आयोजनाका अनुसार सुरुङमार्गको पश्चिमतर्फ पहिरो रोकथामका लागि केही स्थायी प्रकृतिका संरचना निर्माण गर्नुपर्ने भन्दै सरकारले स्थानीयबासीको जग्ग अधिकरण गर्न खोजेको छ ।

पहिरो नियन्त्रणका लागि आवश्यक जग्गा अधिग्रहण गर्नुपर्नेछ । तर सकेसम्म थोरै पैसा मुआब्जा दिएर स्थानीयलाई बिचल्ली बनाउन खोजेको भन्दै स्थानीय विरोधमा छन् । सो आयोजनाले यो समस्या तथा समाधानका लागि  मन्त्रिपरिषद् मा प्रस्ताव पेश गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *