चन्द्रागिरिको एउटा वडामा मात्रै रास्वपाको इन्ट्री हुन बाँकी, मुलधारका राजनीतिक दलमा हलचल !

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरि नगरपालिकाका १५ मध्ये १४ वटा वडामा कमिटि विस्तार गरेको छ ।

सो पार्टीले चन्द्रागिरि वडा नं. ७ बाहेकका अन्य सबै वडामा कमिटि विस्तार गरेको जनाएको छ ।

रास्वपाले असारमसान्त भित्र चन्द्रागिरिका सबै वडामा पार्टी संगठन विस्तारको योजना बनाएपनि सो पूरा हुन भने सकेन् । यद्यपी बाँकी रहेको वडामा समेत निकट भविष्यमा नै कमिटि गठन हुने रास्वपाले जनाएको छ ।  

रास्वपा चन्द्रागिरि नगर कमिटि सचिव मधुकर बस्नेतका अनुसार पछिल्लोपटक चन्द्रागिरिका वडा नंं १२ र १४ मा संगठन विस्तार भएको छ। जसअनुसार वडा १२ को संयोजक एवं सभापतिमा रोशन महर्जन चयन भएका छन् भने वडा नं. १४ मा नरेन्द्र प्रसाद ढकालले संयोजक एवं सभापतिको जिम्मेवारी प्राप्त गरेका छन् । 

सो अघि चन्द्रागिरि वडा १, १३ र १५ रास्वपाको वडा कमिटि गठन भएको थियो । जहाँ क्रमशः नारायण कट्टेल, नारायण खड्का र बिमला आचार्यले संयोजक एवं सभापतिको जिम्मेवारी पाएको रास्वपाले जनाएको छ। 

यसैबीच चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तारले तिव्रता पाएसँगै अन्य राजनीतिक दलमा हलचल पैदा भएको बताइएको छ ।

अन्य दलमा असन्तुष्ट बनेका तथा यसअघि कुनै राजनीतिक दलमा खुलेर नलागेका व्यक्तिहरूले रास्वपाको सदस्यता लिएसँगै चन्द्रागिरिको राजनीतिमा तरङ्ग उत्पन्न भएको छ । अन्य राजनीतिक दलमा महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरूसमेत रास्वपाको सदस्य बन्न थालेपछि २०८४ को स्थानीय तह निर्वाचनका लागि समेत अनेक अड्कल काट्न थालिएको छ ।

रास्वपाको कुन वडामा कसले पाए जिम्मेवारी ? समाचार पढ्नुहोस्ः 

चन्द्रागिरिका थप ३ वटा वडामा रास्वपाको कमिटि गठन, वडा नं. २, ४ र ९ मा कसले पाए जिम्मेवारी ?

चन्द्रागिरिका विभिन्न ४ वटा वडामा रास्वपाको वडा कमिटि गठन, कुन वडामा को बने संयोजक?

रास्वपा चन्द्रागिरि नगर कमिटिको सभापतिमा जनार्दन केसी, सचिवमा मधुकर बस्नेत


Leave a Reply

Your email address will not be published. Required fields are marked *