नैकापबाट लागूऔषधसहित समातिए सुनिलसहितका चार युवा

थानकोट ।
प्रहरीले चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरिएको जनाएको छ।
चन्द्रागिरि नगरपालिका-१४ नैकापबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ सय ६८ ट्याब्लेटसहित रामेछापको दोरम्बा गाउँपालिका-७ घर भई हाल न्यूरोड बस्ने २१ वर्षीय सुनिल तामाङसमेत चार जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीलाई उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।