नेपालका ललित धिमाललाई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक
थानकोट ।
नेपालका ललित धिमालले माल्दिभ्समा जारी १३ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।
झापाका धिमालले काठमाडाैंमा गत साता सम्पन्न आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधी समेत जितेका थिए ।
आज उनले समग्र च्याम्पियन विधाका लागि प्रतिस्पर्धा गर्ने नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको ७५ केजी तौल समूहमा भारतका खेलाडी दोस्रो, अफगानिस्तानका खेलाडी तेस्रो तथा भारतकै खेलाडीहरू चौथो र पाँचौं भएका छन् ।
आजै प्रथम माल्दिभ्स अन्तराष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगिता समेत हुँदैछ जहाँ ललितले पनि चुनाैती पेश गर्ने जनाइएको छ । सो प्रतियोगिताका विजेताले ५ हजार डलर पुरस्कार प्राप्त गर्नेछन् ।