रेविज विरुद्धको खाेपकाे माैज्दात सकिएपछि चन्द्रागिरि नगर प्राथमिक अस्पतालले माग्याे माफी
थानकोट ।
रेविज राेग विरुद्धको खाेपकाे माैज्दात सकिएपछि थानकोटस्थित नगर प्राथमिक अस्पतालले सूचना जारी गरेकाे छ ।
अस्पताल प्रशासनबाट शुक्रबार जारी सूचनाका अनुसार इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाले साे खाेपकाे माैज्दात सकिएको जानकारी पठाएकाे छ । यद्यपि साे खाेप सेवा केही दिनमै पुनः सुचारु हुने अस्पताल प्रशासनले जनाएको छ ।
नगर प्राथमिक अस्पतालले चन्द्रागिरि नगरबासीहरुका लागि गत पुष २१ गतेबाट रेविज विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराउन थालेको थियाे । साे यता उक्त अस्पतालमा करिब ३ सय जनाले रेबिज राेग विरुद्धको खाेप सेवा लिएको अस्पतालका प्रमुख डा. हेमनाथ आचार्यले जानकारी दिनुभयो ।
तस्बिर: प्रकाश गाेपाली
Thankot godam ko yo hospital nagakoi ramro .Nimna barga ko pidit Jada sabbdha ko khayal nagarni rw sano sano rog Lai bewasta garni doctors xa yesko advertising garnu vanda nagarekoi ramro . why can’t doctors of Government hospital be like private hospitals.Is it a paycheck or carelessness.