तीनथानास्थित पुलबाट खसेका दहचोकका रजतको उपचारका क्रममा मृत्यु

Thankot Times

थानकोट ।

चन्द्रागिरि र कीर्तिपुर नगर जोड्ने तीनथानास्थित पुलबाट खसेका एक युवाको उपचारको क्रममा निधन भएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित झोलुङ्गे पुलबाट खसेका रजत राउतको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

वृत्त थानकोटका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीका अनुसार अन्दाजी २४ वर्षीय राउत बिहीबार बिहान करिब १० बजे पुलमुनी खसेको अवस्थामा फेला परेपछि तत्काल उद्दार गरी उपचारका क्रममा अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार राउतमा कुनै बाहिरी चोटपटक भने देखिएको छैन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको र मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक राउतको पुर्ख्याैली वतन चन्द्रागिरि नगरपालिका १ दहचोकस्थित इन्द्रस्थान भएको बुझिएको छ ।

फाइल तस्बिरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *