कर्मचारीको परीक्षा सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाले माग्यो विषय विज्ञको विवरण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले विषय विज्ञहरूको माग गरेको छ ।
नगरपालिकाबाट शुक्रबार जारी भएको सूचनामा उल्लेख भएअनुसार स्वास्थ्य सेवामा करार सेवाका कर्मचारीहरूको पदपूर्ति गर्नका लागि विषय विज्ञहरूको माग गरिएको हो ।

चन्द्रागिरि नगरपालिकाले असार १३ गते ३ जना मेडिकल अधिकृतसहित स्वास्थ्य सेवाका ६ जना कर्मचारी माग गरेको छ ।

इच्छुक विषय विज्ञहरूले असार २१ गतेभित्र विवरण फाराम नगरपलिकामा पेश गरिसक्नुपर्ने वरिष्ठ शाखा अधिकृत नविन खालिङले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *