कक्षा ११ र १२ का २ सय जना विद्यार्थीलाई भलिबल संघ काठमाडाैंले पूर्ण छात्रवृत्ति उपलब्ध गराउने
थानकोट ।
नेपाल भलिबल संघ काठमाडाैं जिल्ला शाखाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
संघले कक्षा ११ मा भर्ना हुने करिब २ सय जना विद्यार्थीहरूका काठमाडाैं उपत्यकाका विभिन्न क्याम्पसहरूमा छात्रवृत्तिको लागि व्यवस्था गरेको संघका काठमाडाैं जिल्ला अध्यक्ष सुदर्शन जम्मकटेलले जानकारी दिनुभयो ।
राष्ट्रिय खेल भलिबलको विकास प्रवर्द्धन गर्ने उद्देश्यसहित सो छात्रवृत्तिको अवसर दिइएको नेपाल भलिबल संघ काठमाडाैं जिल्ला शाखाले जनाएको छ ।
इच्छुक विद्यार्थीहरूले गुगल लिंकबाट फाराम फर्न सक्ने जनाइएको छ ।