चन्द्रागिरि नगरपालिकाले माग्यो ३ जना मेडिकल अधिकृतसहित स्वास्थ्य सेवाका ६ जना कर्मचारी
थानकोट ।
चन्द्रागिरि नगरपालिकाको कार्यालयले विभिन्न करार सेवामा विभिन्न पदका लागि कर्मचारीहरू माग गरेको छ ।
नगरले बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य सेवाका ६ जना कर्मचारीहरू माग गरेको हो ।
सूचनामा जनाइए अनुसार मेडिकल अधिकृत तीन जना, फार्मेसी सहायक १ जना, अहेव १ जना तथा ल्याब असिस्टेन्ट एक जनाका लागि दरखास्त आह्लान गरेको हो ।
ती पदहरूमा असार २७ गतेसम्म दरखास्त पेश गर्न सकिने नगरपालिकाले जनाएको छ ।
सूचना हेर्नुहोस्ः