आठौं मिष्टर हिमालयको उपाधी ललित धिमाललाई, बलम्वुका ईश्वर बने समुह विजेता

Thankot Times
थानकोट ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा काठमाडाैंमा सम्पन्न आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधि विर्तामोड झापाको ग्यालेक्सी फिटनेसका ललित धिमालले जितेका छन् । धिमालले ८० केजी माथि ताैल समुहमा उपाधी जितेका हुन् । सो विधामा सैनामैना रूपन्देहीस्थित फिटनेस टाइमका कृष्णप्रसाद श्रेष्ठले दोश्रो स्थान हात पार्दा, विशाल पाैडेलले तेस्रो, शितांशु पाण्डे चाैथो तथा योगेशराज शाही पाँचाैं भएका छन् ।
सो प्रतियोगितामा बी एण्ड एल फिटनेस सतुगंलका चन्द्रागिरि नगरपालिका-१२ बलम्बु निवासी ईश्वर शाही (राजन) ले १७० सेमीमुनि पुरुषको एथलेटिक फिजिकको उपाधि जितेका छन् । सो विधामा राजु राइ, विजेन्द्रमान श्रेष्ठ, मदन कुमार योहाङ र जल बहादुर चाैधरी क्रमश दोश्रो देखी पाँचाै भएको महासंघले जनाएको छ ।  शाहीले उपाधि सहित ५० हजार रूपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगितामा विभिन्न १५ विधामा प्रतिस्पर्धा गराइएको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले जनाएको छ।

आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

महालक्ष्मी विकास बैंक लिमिटेडले ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा असार ८ र ९ गते आर्मी अफिसर्स क्लव, भद«काली, काठमाडौंमा आयोजित आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउनका लागि बैंकले प्रायोजन सहयोग गरेको हो । नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

आठौं मिष्टर हिमालयको अन्तिम नतिजाः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *