चन्द्रागिरि-१ इन्द्रस्थानस्थित सुवेदी गाउँमा शहरी स्वास्थ्य केन्द्र स्थापना (फोटो फिचर)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका १ दहचोकको इन्द्रास्थानस्थित सुवेदी गाउँमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।

बुधबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सो केन्द्रको उद्घाटन गर्नुभएको हो ।

२०७९ सालमा निर्वाचित जनप्रतिनिधिहरूको पहिलो बैठकको निर्णय अनुसार सो स्थानमा शहरी स्वास्थ्य केन्द्र सुरू गरिएको वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिनुभयो । सो केन्द्र स्थापना भएसँगै साबिक दहचोक गाविसका माथिल्लो क्षेत्र (५, ६ र ७) का स्थानीयहरूले आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको वडाध्यक्ष रानामगरले बताउनुभयो ।

सुवेदी गाउँमा शहरी स्वास्थ्य केन्द्र आरम्भ गर्ने क्रममा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले स्थानीय स्तरमा नागरिकहरू जागरूक नभएसम्म तीन वटै तहबाट सञ्चालनमा रहने योजना आयोजनाहरू दीर्घकाल सम्म सञ्चालनमा रहन नसक्ने धारणा राख्नुभयो ।

त्यस्तै मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरका अन्य क्षेत्रहरूमा पनि शहरी स्वास्थ्य केन्द्र स्थापनाको कार्य जारी रहेको जानकारी दिनुहुँदै देशकै उत्कृष्ठ पर्यटकीय गन्तव्यका रूपमा रहेको इन्द्रस्थान क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना हुनुले नगरका सबै नागरिकहरूले सहज रूपमा स्वास्थ्य सेवा लिन पाउने अधिकार प्रत्याभूत भएको धारणा राख्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरि नगरपालिका १ का जनप्रतिनिधिहरू, नगरका स्वास्थ्य शाखाका कर्मचारीहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

हाल सो केन्द्रमा २ जना पूर्णकालीन कर्मचारीहरूले सेवा दिने र निकट भविष्यमा नै प्रयोगशाला कक्ष समेत व्यवस्था गरिने नगरपालिकाले जनाएको छ। स्थानीय इन्द्रज्योती आधारभूत विद्यालय हातामा सो केन्द्र स्थापना भएको हो । सो स्वास्थ्य केन्द्रलाई आफ्नै भवन व्यवस्थापन गर्न नगरपालिकाले अग्रसरता लिने बताइएको  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *