१५ शैय्याको चन्द्रागिरि आधारभूत अस्पताल निर्माणको टेण्डर कसले पायो ?

Thankot Times

थानकोट ।

१५ शैय्याको चन्द्रागिरि आधारभूत अस्पताल निर्माणका लागि आह्वान भएको टेण्डर स्वीकृत भएको छ ।

हाल प्राथमिक अस्पताल सञ्चालन भइरहेको स्थाननजिकै नयाँ अस्पताल भवन निर्माणका लागि मन्त्रीपरिषद्को गत फाल्गुन ४ गतेको बैठकले २३ रोपनाी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै फागुन २१ गते नगरपालिकाले अस्पतालको निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।

नगरले मंगलबार एक सूचना जारी गर्दै सो अस्पताल निर्माणका लागि प्राप्त बोलपत्रहरूमध्ये कान्तिपथस्थित एमए कन्सट्रक्सन प्रालिले पेश गरेको बोलपत्र स्वीकृत भएको जनाएको छ ।

सो कम्पनीले करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रूपैयाँ सैतीस पैसामा अस्पतालको भवन बनाउन पेश गरेको बोलपत्र स्वीकृत भएको हो ।

 

करिब २६ करोड रूपैयाँ लागतमा निर्माण हुने चन्द्रागिरि आधारभूत अस्पतालको टेण्डर खुल्यो

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *