कालोपत्रे गर्नका लागि कलंकी-घ्याम्पेडोल-नागढुङ्गा सडकको नैकाप फुटबल मैदान क्षेत्र आज बन्द

Thankot Times

थानकोट । 

कलंकीबाट नागढुंगा पुग्न सकिने वैकल्पिक मार्ग कलंकी-घ्याम्पेडोल-नागढुङ्गा सडक आज आंशिक रूपमा बन्द गरिने भएको छ ।

सकड कालोपत्रे गर्ने कार्यका लागि सो सडक बिहीबार रातिदेखी शुक्रबार दिनभर बन्द गरिएको चन्द्रागिरि १४ का वडाध्यक्ष राजभाइ महर्जनले जानकारी दिनुभयो । 

सो सडक वर्षामासमा हिलाम्य र हिउँदमासमा धुलाम्य हुँदा स्थानीय तथा सडक प्रयोगकर्ताहरूले सास्ती पाउँदै आएका छन्।

संघीय सरकारको करिब १ करोड रूपैयाँ लागतमा सो सडक खण्ड कालोपत्रे तथा नाली निर्माण गर्ने कार्यका सडक विभागले टेण्डर स्वीकृत गरेको थियो  ।

नैकाप-दहचोक सडक खण्ड कालोपत्रे हुने


Leave a Reply

Your email address will not be published. Required fields are marked *