चन्द्रागिरिकी सविना महर्जन रास्वपाको काठमाडाैं क्षेत्र नंं १० को संयोजक

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ५ निवासी सविना महर्जनले राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय संयोजकको जिम्मेवारी पाएकी छिन् । 

शिक्षण पेशामा संलग्न महर्जन सो पार्टीका लागि क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने सबैभन्दा कनिष्ठ उमेरकी उम्मेदवार हुन् ।

प्रारम्भिक चरणमा पार्टीको क्षेत्रीय संयोजकको जिम्मेवारी लिन यस काठमाडाैं क्षेत्र नं. १० मा विभिन्न पेशा र पृष्ठभूमिका ९ जनाको उम्मेदवारी दिएका थिए ।

सो पार्टीको चन्द्रागिरि नगर कमिटि पनि छिट्टै घोषणा हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *