चित्लाङमा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको ईआईए रिपोर्ट तयार

Thankot Times

थानकोट ।

मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार भएको छ।

वन तथा वातावरण मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार भएको जनाएको हो।

मकवानपुर जिल्लाको थाहा नगरपालिका चित्लाङमा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको वातावरणीय प्रभाव मूल्याकंन  प्रतिवेदनमा राय सुझावको लागि आव्हान गरिएको छ।

प्रतिवेदन अनुसार प्रस्तावित विश्वविद्यालयको बिल्डअप क्षेत्र २ लाख २३ हजार वर्गमिटरको २०० कोठाको निर्माण हुने उल्लेख छ। साथै ४ हजार जना विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको हुनेछ ।

यसका पूर्वाधारहरुमा एकेडेमिक भवन, कम्यूनल भवन, छात्रावास, ६०७ कर्मचारीको लागि आवास, ४० कोठाको गेष्ट हाउस, २५ शैयाको अस्पताल, विद्यालय, पहुँच सडक लगायत रहने उल्लेख छ।

आयोजनाको लागि आवश्यक पर्ने कुल क्षेत्रफल ५०.५२ हेक्टर मध्ये ४१.२९ हेक्टर वन क्षेत्र रहेको र बाँकी ९.२३ हेक्टर विश्वविद्यालयको जग्गा रहेको उल्लेख छ बीजमाण्डुमा खबर छ । खपत हुने पानी ५ लाख ४७ हजार ५०० लिटर दैनिक रहने प्रतिवेदनमा उल्लेख छ।

यो विश्वविद्यालय आयोजनाको निर्माण लागत ३७६ मिलियन डलर अर्थात् ४९ अर्ब २५ करोड ६० लाख रूपैयाँ हुने अनुमान गरिएको छ। यो आयोजना निर्माणको चरण अगाडि बढाउन सरकारले बजेटमार्फत घोषणा गरिएको थियो।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *