चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा पाठेघरको मुखको क्यान्सर जाँच शिविर, १५७ जनाको सहभागिता
थानकोट ।
शनिबार चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ ।
चन्द्रागिरि नगर प्राथमिक अस्पताल तथा नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोग एवं सिद्धार्थ बैंकको आर्थिक सहयोगमा सम्पन्न सो शिविरमा १ सय ५७ जना महिलाहरूको स्वास्थ्य जाँच गरिएको बताइएको छ।
शिविरमा ३० देखी ४९ वर्ष उमेर समुहका महिलाहरूको निःशुल्क पाठेघर क्यान्सरको स्क्रिनिङ भएको अस्पतालका निर्देशक हेमनाथ आचार्यले जानकारी दिनुभयो ।