आज प्राथमिक अस्पताल थानकोटमा पाठेघर क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा आज पाठेघर क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ । 

सिद्धार्थ बैंकको प्रायोजन तथा नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालन हुने सो शिविरमा ३० देखी ४९ वर्ष उमेर समुहका महिलाहरूको निःशुल्क पाठेघर क्यान्सरको स्किनिङ हुने जनाइएको छ ।
सो कार्यक्रममा करिब १ सय ५० जनासम्म महिलाहरूले सेवा लिन सक्ने चन्द्रागिरि वडन नंं ४ को कार्यालयले जनाएको छ ।

शिविर बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *