वडा कार्यालयले सोध्यो दहचोकमा केन्द्रीय खसी बजार राख्दा स्थानीयलाई असर पर्छ कि पर्दैन् ?

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकमा केन्द्रीय खसी बजार सञ्चालनको प्रारम्भिक तयारी सुरू भएको छ ।
नेपाल चाैपाया खरिद बिक्री कृषि फार्म प्रा.लिले साबिक दहचोक गाविस वडा नं. ४ को करिब १७ रोपनी क्षेत्रफलको जग्गा भाडामा लिई होल्डिङ्ग सेन्टर तथा केन्द्रीय खसी बजार सञ्चालनको अनुमतिका लागि नगरपालिकासँग अनुमति माग गरेको वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिनुभयो ।
वडाध्यक्ष रानामगरका अनुसार नगरपालिकाको सूचना अनुसार सो स्थानमा उक्त कम्पनी सञ्चालन गर्दा स्थानीय साँध सँधियार कोही कसैलाई बाधा अड्चन पर्छ पर्दैन भनी जेठ १७ गतेबाट १५ दिने सूचना जारी गरी लिखित जानकारी पेश गर्न अनुरोध गरिएको बताउनुभयो ।
सो स्थानमा उक्त कम्पनी स्थापना भएमा दैनिक ६ वटा खसी, बोका, भेडा च्याङ्ग्रा आदि संकलन एवं बिक्री वितरण हुने बताइएको छ।