बजेट वक्तव्य २०८०/८१ः नेपाल पब्लिक क्याम्पस संघद्वारा स्वागत
थानकोट ।
अर्थ मन्त्री डा. प्रकाश शरण महतले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेटलाई सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघले स्वागत गरेको छ ।
संघका अध्यक्ष चन्द्रागिरि नगरपालिका १० सतुंगलस्थित काठमाडौं शिक्षा क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले अर्थ मन्त्रीलाई नेपाल पब्लिक क्याम्पस संघसँगको छलफलमा दिएका विभिन्न सुझावहरू मध्ये अधिकांश सुझावहरू सम्बधोन हुने वातावरण बनेको भन्दै बजेट वक्तव्यको स्वागत गर्नुभएको हो ।
बजेटमा विश्वविद्यालय अनुदान आयोगलाई पुन: संरचना गरी उच्च शिक्षाको अनुगमन समेत गर्ने व्यवस्था गर्ने, संघीय शिक्षा ऐन जारी गर्ने सुनिश्चितता गर्ने, राष्ट्रिय योग्यता प्राधिकरण स्थापना तर्फ अग्रसर रहने तथा शिक्षा तर्फको बजेटमा वृद्धि भएकोमा संघले खुसी व्यक्त गरेको हो ।
बजेटले सपना भन्दा पनि धरातलमा आधारित भएकोले कार्यान्वयन हुनेमा आफुहरूविश्वस्त रहेको संघका अध्यक्ष गुप्ताले बताउनुभयो ।
यद्यपी, नेपालकाे कला, संस्कृति, भुगाेल, भू-गर्भ, राजनीति, ईतिहास पढ्ने पढाउने क्रम विस्तारै बन्द हुँदा यी विषयहरूमा उच्च शिक्षाका लागि छात्रवृत्तिकाे घोषणा नहुँदा देशकाे पहिचान लोप हुने खतरामा रहेकोप्रति अध्यक्ष गुप्ताले चिन्ता प्रकट गर्नुभयाे ।
आगामी वर्ष कुल बजेटको ११.३ प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि विनियोजन भएको छ ।