जनप्रतिनिधिले सपथ लिएको १ वर्ष पुगेको अवसरमा चन्द्रागिरि वडा नंं १४ मा समीक्षा कार्यक्रम

Thankot Times

थानकोट ।

जनप्रतिनिधिहरू निर्वाचित भएको १ वर्ष पूरा भएको अवसर पारेर चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकापले १ वर्ष भरी भएका कार्यहरूको सार्वजनिकरण गरेको छ ।

मंगलबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच वडाध्यक्ष राजभाई महर्जनले आफुहरूले जनप्रतिनिधिको सपथ लिएको एक वर्ष पूरा भएको अवसर पारेर वर्ष दिनमा भएका कार्यहरूको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

सो क्रममा वडाध्यक्ष महर्जनले कार्यकालको पहिलो एक वर्षमा सम्पादन भएका कार्यहरूको सारसंक्षेप जानकारी गराउनुहुँदै विस्तृत विवरण आवधिक रूपमा हुने सार्वजनिक सुनुवाईमार्फत पनि वडाबासीहरूमाझ जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो क्रममा वडाका अन्य जनप्रतिनिधिहरू, प्रमुख राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *