जेठ ९ गतेबाट चन्द्रागिरि- १३ किटिनी भञ्ज्याङमा सात दिने निःशुल्क योग शिविर सञ्चालन हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका १३ किटिनी भञ्ज्याङमा सात दिने योग शिविर सञ्चालन हुने भएको छ ।
जेठ ९ गते मंगलबारबाट सुरू हुने सो शिविर स्थानीय पञ्चायन कृष्ण मन्दिर हातामा सञ्चालन हुने वडाध्यक्ष श्रीकृष्ण खत्रीले जानकारी दिनुभयो ।
हरेक दिन बिहान ४ः४५ बजेबाट सुरू हुने सो योग शिविर बिहान ६ बजेसम्म सञ्चालन हुने बताइएको छ।
सामाजिक सञ्जालबाट साभार गरिएको प्रतिकात्मक तस्बिर