कोभिड युनिफाइड अस्पताल ‘खारेज’

Thankot Times

थानको ट। 

कोभिड महामारीको अन्त्यसँगै सरकारले कोभिड यूनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल हटाएको छ ।

यो सँगै अब वीर अस्पताल न्याम्स अन्तर्गतकै रुपमा चिनिनेछ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै कोभिड युनिफाइड अस्पताल रहने व्यवस्था हटाएका हुन् ।

सरकारले कोरोना बिरामीको उपचारको लागि लक्षित वीरको नयाँ भवनलाई कोभिड युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाएको थियो ।

कोरोना महामारीको समय केन्द्रीय अस्पताल र प्रदेश अस्पतालहरु युनिफाइड अस्पतालको मातहतमा सञ्चालित थिए ।

कोभिड युनिफाइडको प्रमुख प्रसाशकीय अधिकृतमा डा. सन्तोष पौडेलले जिम्मेवारी पाएका थिए । यो सँगै अब डा. पौडेलको जिम्मेवारी वीरको निर्देशकको रुपमा मात्रै रहने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *