थप २१ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ९१ वटा नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, सो अवधिमा २२ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ ।

आजसम्म ९ जना अस्पतालमा भर्ना भएका छन् ।

तीमध्ये एकजना आइसीयु, एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *