मधुमेह र रक्तचापकाे औषधी खरिद गर्न नगद अनुदान दिँदै चन्द्रागिरि नगर

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने नगरबासीहरुका लागि औषधी खरिदमा नगद अनुदान वितरण सुरु गरेकाे छ ।
६० वर्ष उमेर पार गरेका नगरबासीहरुका लागि मधुमेह र रक्तचापकाे औषधी नियमित सेवन गर्ने नागरिकहरुका लागि नगरले साे अनुदान उपलब्ध गराउन थालेकाे हो।

यसअघि नगरपालिकाले सम्बन्धित वडा कार्यालयहरूबाट नि:शुल्क रुपमा औषधी उपलब्ध गराउँदै आएकाेमा नगरले औषधी प्रयाेगकर्ताहरुकाे संख्या वृद्धि भएकाे साथै फरक फरक कम्पनी औषधी व्यवस्था गर्नुपर्ने भएपछि लाभग्राही स्वयंकाे सुझाव तथा अनुराेध समेतलाई ध्यानमा राख्दै नगद अनुदान उपलब्ध गराउने निर्णय भएकाे नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

प्रचलित खरिद ऐन अनुसार निश्चित कम्पनीका औषधी खरिद गर्न पाइने प्रावधान रहेको तर औषधी सेवनकर्ताले फरक फरक कम्पनीका उत्पादन प्रयोग गर्न परेको गुनासोसमेतलाई मध्यनजर गर्दै नगद अनुदान उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख गिरीले बताउनुभयो ।

अब लक्षित सेवाग्राहीहरुले त्रैमासिक रुपमा आफ्नो बैंक खातामा औषधी खरिदका लागि नगरबाट अनुदान प्राप्त गर्नेछन्।
जसअनुसार मधुमेहका बिरामीले मासिक ४ सय रुपैयाँ तथा रक्तचापका बिरामीले पनि समान ४ सय रुपैयाँ औषधी अनुदान प्राप्त गर्नेछन् ।
नगरप्रमुख गिरीका अनुसार करिब ७ हजार नगरबासीहरु याे सेवाबाट लाभान्वित हुने अपेक्षा लिइएकाे छ ।

नगरपालिकाकाे स्वास्थ्य शाखाले साे उमेर समुहका व्यक्तिले उल्लखित राेगका औषधी प्रयाेग गर्दै आएकाे तर नाम सूचिकरण हुन छुटेमा सम्बन्धित वडाका घर दैलो नर्सिङ सेवामा खटिएका नर्स एवं मेडिकल अधिकृतमार्फत जानकारी गराई सेवा लिनसक्ने जनाएको छ ।

थानकोटस्थित प्राथमिक अस्पतालमा भिडियो एक्स-रे र स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा सुरू हुँदै

नगरक्षेत्रमा आयोजना हुने रक्तदान कार्यक्रमलाई चन्द्रागिरि नगरले आर्थिक सहायता उपलब्ध गराउने


Leave a Reply

Your email address will not be published. Required fields are marked *