काठमाडौंमा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा
थानकोट ।
काठमाडौं महानगरपालिकाले काठमाडौं बासीका लागि २४ सैँ घण्टा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरेको छ।
१०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने महानगरले जनाएको छ।
यो सुविधाको लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन्। महानगरका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौंमा एम्बुलेन्स सेवा निःशुल्क गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘काठमाडौं भरी २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्नेछैन्।’