भोलि शनिबार तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा रक्तदान शिविर सञ्चालन हुने

थानकोट ।
चन्द्रागिरि नगरपालिकामा बैशाख ३० गते शनिबार रक्तदान शिविर आयोजना हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी मन्दिर परिसरमा रक्तदान शिविर सञ्चालन हुन लागेको हो ।
लायन्स क्लब अफ काठमाडाैं यूनिटी सर्कल, विष्णुदेवी युथ क्लब र विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजको संयुक्त तत्ववधानमा सञ्चालन हुने सो शिविर बिहान ९ बजेबाट सुरू हुने बताइएको छ ।