थप ३० जनामा कोरोना संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या १ सय २०
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३० नमुनामध्ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
सो अवधिमा ३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।