चन्द्रागिरि नगरपालिकामा जेठ २ गतेबाट सप्ताहव्यापी योग शिविर सञ्चालन हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले आगामी जेठ २ गतेबाट सप्ताहव्यापी योग शिविर सञ्चालन गर्ने भएको छ ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित फुटबल मैदानमा सञ्चालन हुने सो शिविर जेठ ८ गतेसम्म हरेक दिन बिहान ५ बजेबाट बिहान ७ बजेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
चन्द्रागिरि नगर योग समितिले सो कार्यक्रमको व्यवस्थापन गर्ने नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख रश्मी श्रेष्ठले जानकारी दिनुभयो ।