थानकोटस्थित प्राथमिक अस्पतालमा भिडियो एक्स-रे र स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा सुरू हुँदै

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित चन्द्रागिरि नगर अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा पुनः सुरू हुने भएको छ। 

बीचमा रोकिएको सो सेवा आगामी शनिबार (बैशाख ३० गते) बाट पाक्षिक रूपमा सञ्चालन हुने जनाइएको छ। 

अस्पतालका निर्देशक डा. हेमनाथ आचार्यका अनुसार हरेक महिनाको दोश्रो र अन्तिम शनिबार स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा र रेडियोलोजी (भिडियो एक्स-रे) सेवा उपलब्ध गराउन आवश्यक तयारी सकिएको छ। जहाँ परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवा दिनेछन् । 

सो अस्पतालमा गत महिनाबाट २४ सै घण्टा औषधी बिक्रीका लागि साझा स्वास्थ्य सहकारीले औषधी बिक्रीकेन्द्र सञ्चालनमा ल्याएको छ । 

२०७६ बैशाख २८ देखि सेवा प्रदान गर्न थालेको सो अस्पतालमा १५ शैय्याको अस्पताल सञ्चालनमा छन् भने थप १५ शैय्या विस्तारका लागि नयाँ भवन बन्ने प्रकृयामा रहेको छ। हाल अस्पतालमा प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टर उपलब्ध छ भने अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।  

थानकोटमा १५ शैय्याको आधारभूत अस्पताल बनाउन २३ रोपनी जग्गा दिने मन्त्रिपरिषद्को निर्णय

१५ शैय्याको अस्पताल बनाउन चन्द्रागिरि नगरलाई मालपोत कार्यालयले दियो जग्गा (पत्रसहित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *