चन्द्रागिरि नगरका विभिन्न ४ वटा सरकारी विद्यालयहरूमा शिक्षक तथा बाल विकास सहजकर्ता माग

Thankot Times

थानकोट ।

नयाँ शैक्षिक सत्र सुरू भएसँगै चन्द्रागिरि नगरपालिकाका विभिन्न विद्यालयहरूले रिक्त शिक्षक तथा बाल विकास सहजकर्ताको पदपूर्तिका लागि धमाधम दरखास्त आह्वान गर्न थालेका छन् । 

नगरको वडा नंं १, २, ९ र १४ मा रहेका विद्यालयहरूले विभिन्न विषय शिक्षण शिक्षक तथा बाल विकास सहजकर्ताहरूका लागि दरखास्त आह्वान गरेका हुन् । 

चन्द्रागिरि नगरपालिका १ दहचोकस्थित नवदुर्गा आधारभूत विद्यालयले बाल विकास सहयोगी आया माग गरेको छ । १८ वर्ष पूरा भई ४० वर्ष ननााघेका महिलाहरूले सो पदमा जेठ ४ गतेसम्म दरखास्त पेश गर्न सक्ने जनाइएको छ ।

यसैगरी चन्द्रागिरि नगरपालिका-२ चिसापानीस्थित चण्डी भैरव माविले नगरपालिका अनुदान कोटामा गणित विषय शिक्षणका लागि एक जना शिक्षक माग गरेको छ ।

सम्बन्धित विषयमा स्नातक गरेका व्यक्तिले आज बैशाख २७ गते सम्म आवेदन पेश गर्न सक्ने विद्यालयले प्रकाशित गरेको सूचना उल्लेख छ।

यसैगरी चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित चुन्देवी आधारभूत विद्यालयले बाल विकास सहयोगी आया माग गरेको छ ।
१८ वर्ष पूरा भई ४० वर्ष ननााघेका महिलाहरूले सो पदमा जेठ २ गतेसम्म दरखास्त पेश गर्न सक्ने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित मङ्गल माविले माध्यमिक तहका लागि शिक्षक माग गर्दै सूचना प्रकाशित गरेको छ ।

सामाजिक विषय अध्यापनका लागि राहत अनुदानमा विद्यालयले एक जना शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी अध्यापन अनुमति पत्र प्राप्त व्यक्तिले जेठ ४ गतेसम्म दरखास्त दिन सक्ने विद्यालयका प्रधानाध्यापक कृष्णहरी कार्कीले जाकारी दिनुभयो ।

कम्प्यूटर सञ्चालनमा दक्षता प्राप्त व्यक्तिलाई शिक्षक पदपूर्तिमा प्राथमिकता दिइने पनि प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *