नैकापस्थित मंगल माविमा सामाजिक शिक्षा विषय शिक्षकका लागि दरखास्त आह्वान
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित मङ्गल माविले माध्यमिक तहका लागि शिक्षक माग गर्दै सूचना प्रकाशित गरेको छ ।
सामाजिक विषय अध्यापनका लागि राहत अनुदानमा विद्यालयले एक जना शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।
सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी अध्यापन अनुमति पत्र प्राप्त व्यक्तिले जेठ ४ गतेसम्म दरखास्त दिन सक्ने विद्यालयका प्रधानाध्यापक कृष्णहरी कार्कीले जाकारी दिनुभयो ।
कम्प्यूटर सञ्चालनमा दक्षता प्राप्त व्यक्तिलाई शिक्षक पदपूर्तिमा प्राथमिकता दिइने पनि प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो ।