तीनथानामा आँखा शिविर सम्पन्न, २४० सहभागी मध्ये ६३ जनामा माेतियाबिन्दु
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१५ तिनथानामा शनिबार सञ्चालित आँखा शिविरमा २ सय ४० जनाले आँखा जाँच गराएका छन् ।
वडा कार्यालय, तीनथाना स्वास्थ्य चाैकी, फेमेली केयर क्लिनिक तथा माट्रिका आई सेन्टरको संयुक्त तत्वावधानमा सञ्चालित साे शिविरमा आँखा परीक्षण गराएका मध्ये ६३ जनामा माेतियाबिन्दुकाे संकेत देखिएकाे वडाध्यक्ष घनश्याम लुँइटेलले बताउनुभयो ।
परीक्षणका क्रममा माेतियाबिन्दु भेटिएका बिरामीहरुकाे माट्रिका आई क्लिनिकमा नि:शुल्क शल्यक्रिया गरिने वडाध्यक्ष लुँइटेलले जानकारी दिनुभयो ।