थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५ सय ३२ नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

३ सय ३६ पीसीआर परीक्षणमा २७ तथा २ हजार १ सय ९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

सो अवधिमा थप ५९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको २२० रहेको मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *